पोखरा–१६, लामाचौरमा रहेको गण्डकी बोर्डिङ स्कुलले २०८१ फागुन १९ गते कक्षा ४ देखि ९ सम्मका लागि नयाँ भर्ना खुलायो। कक्षा ४ का लागि ८० जना र बाँकी कक्षामा खाली भएका सिटको लागि भर्ना खोलिएको थियो। गण्डकीको कक्षा ४ मा १२० जना विद्यार्थी हुन्छन्। बाँकी सिट गरीब–जेहेन्दार तथा स्थानीयका निम्ति आरक्षित थियो। फाराम खुलेदेखि बन्द हुने चैत १९ गतेसम्म ७ सयभन्दा बढीको आवेदन पर्यो। प्रवेश परीक्षाको दिन चैत २१ मा त विद्यालय वरपर ‘बजार’ नै लाग्यो। छोराछोरी डोहोर्याउँदै विद्
Posted inSamachar
६० वर्षपछि पनि गण्डकी बोर्डिङको सान उस्तै : किन खुलेनन् यस्तै अरू स्कुल?

