पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका–१ फेदापमा छोराले चिर्पट प्रहार गरी बुबाको हत्या गरेका छन्। ३१ वर्षीय सन्देश राईले ६९ वर्षीय बुबा युवराजको हत्या गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।प्रहरीका अनुसार आइतबार सन्देशले मदिरा सेवन गरेका बेला बुबासँग अंश (सम्पत्ति बाँडफाँट)सम्बन्धी विषयमा विवाद भएपछि चिर्पट प्रहार गरी हत्या गरेका हुन्।मदिरा खाएको अवस्थामा छोरालाई अंश नदिने कुरा गरेपछि विवाद चर्किएको र सोही क्रममा हत्या भएको डीएसपी अनिष कर्णले जानकारी दिए। घटनापछि युवराज राईको श
Posted inSamachar
अंशको विवादमा छोराले गरे बुबाको हत्या

