भदौ २३ र २४ गते भएको जेनजीको आन्दोलनमा मुलुककै प्रमुख प्रशासनिक निकाय सिंहदरबार नै आगोलागी र तोडफोडले ध्वस्त भएको छ। आन्दोलनकारीले सरकारी कार्यालय छानिछानि आगजनी र तोडफोड गरे। यस्तै आन्दोलनकारीको निशानामा परेको सरकारी कार्यालय हो अख्तियार दुरुपयोग अनुसन्धान आयोग। काठमाडौँको टंगालस्थित आयोगको प्रधान कार्यालय पनि आगलागीले ध्वस्त भएको छ। आन्दोलनकारीको एउटा समूह अख्तियारलाई केन्द्रित गरेर तोडफोड र आगजनी गरेको देखिन्छ। भदौ २४ गते साँझ सवा ५ बजे प्रवेश गरेको समूहले नै अख्तियारलाई ध्वस्त बनाए
Posted inSamachar
अख्तियारमा भ्रष्टाचारका सबै फाइल सुरक्षित

