नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले अडलट कारोबारलाई आजदेखि सहज बनाएको छ। लगानीकर्ताको मागअनुसार नेप्सेले आजदेखि नेप्से वेबसाइटको मार्केट डेप्थमा अडलट खरिद तथा बिक्री आदेश देखिने व्यवस्था मिलाएको हो। यसबाट आफूसँग अडलट धितोपत्र हुँदा अर्थात् १० कित्ताभन्दा कम सेयर किनबेच गर्न लगानीकर्तालाई सहज हुनेछ। धितोपत्र कारोबार विनियमावली २०७५ मा अडलट कारोबारसम्बन्धी व्यवस्था गरिएको छ। यसअनुसार धितोपत्रको अंकित मूल्य १० रुपैयाँ भएमा १०० कित्ता, अंकित मूल्य १०० रुपैयाँ भएमा १० कित्ता र अंकित मूल्य
Posted inSamachar
अडलट कारोबारलाई नेप्सेले बनायो सहज, अब मार्केट डेप्थमा देख्न सकिने

