अध्ययनका लागि विदेशिने क्रम बढ्दै गएको छ। एक महिनाको अवधिमा मात्रै अध्ययनका लागि १४ अर्ब ३१ करोड रुपैयाँ विदेशिएको छ।नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको विवरणअनुसार शिक्षातर्फको व्यय गत वर्षको तुलनामा थोरै कम छ। चालु आवको पहिलो महिनामा अध्यनयका लागि १४ अर्ब ३१ करोड व्यय भएकामा गत आवको सोही अवधिमा १४ अर्ब ९६ करोड थियो।चालु आवको पहिलो महिनामा सेवा खाताअन्तर्गत भ्रमण व्यय २.८ प्रतिशतले कमी आई २१ अर्ब ७० करोड पुगेको छ । यस्तै, अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय २२ अर्ब ३२ करोड रहेको थियो।
Posted inSamachar
अध्ययनका लागि १ महिनामै विदेशियो १४ अर्ब ३१ करोड

