अनमोल केसीको मुख्य भूमिका रहेको फिल्म ‘जेरी अन टप’ ले बक्सअफिसमा सुखद व्यापार गरेको छ। शुक्रबारदेखि प्रदर्शनरत यस फिल्मले तीन दिनमा २ करोड २२ लाख ८१ हजार कमाइ गरेको हो। अनमोलसहित जसिता गुरुङ र आँचल शर्मा अभिनीत यस फिल्मले राम्रो प्रतिक्रिया पाइरहेको छ। चलचित्र विकास बोर्डको बक्सअफिस रिपोर्टअनुसार फिल्मले पहिलो दिन ७२ लाख ५९ हजार ४०८ रुपैयाँ ओपनिङ गरेको थियो। शनिबार भने फिल्मले ८६ लाख ३८ हजार २१० रुपैयाँ कलेक्सन गरेको छ। आइतबार भने फिल्मले ६३ लाख ६४ हजार कलेक्सन गरेको छ।&nbs
Posted inSamachar
अनमोल, आँचल र जसिता अभिनीत ‘जेरी अन टप’ ले तीन दिनमा कति कमायो?

