बझाङकी कैली बोहराका आँखा रुँदारुँदा थाकिसकेका छन्। घरी तल, घरी माथि गर्छिन्। सुस्केरा छाड्दै कान्छा छोरा सन्दीपको अनुहार हेर्छिन्। बारम्बार आसन फेर्छिन्, कसैगरी बस्दा पनि शीतल हुँदैन। अब त बोल्न सक्ने तागत पनि बाँकी छैन।सोमबार भएको जेनजी प्रदर्शनमा सुरक्षाकर्मीले चलाएको गोलीले २३ वर्षीय छोरा सुवासको मृत्यु भएपछि कैली आफूलाई सम्हाल्न सक्ने अवस्थामा नै छैनन्। सुवासलाई वकिल बनाउने सपना अधुरै रह्यो। उनी बस छोराको अनुहार अन्तिम पटक हेर्न पाउने आशामा मुस्किलले ज्यान थिग्य्राएर बसिरहेकी
Posted inSamachar
अन्तिम पटक छोराको मुख हेर्न अस्पतालबाहिर कुरिरहेकी एक आमा

