टेम्केमैयुङ गाउँपालिका–३ अन्नपूर्णका दुई सय ३८ परिवारको पिउने पानी समस्या समाधान भएको छ। कादुरी एग्रिकल्चर एड एसोसिएसन ब्रिटिस गोर्खाजले निर्माण गरेको अन्नपूर्ण–बाख्राङ–बाहुनगाउँ खानेपानी आयोजनाले यहाँको वर्षौँदेखिको समस्याको अन्त्य भएको हो।छवटा मुहानको पानी सङ्कलन गरेर बस्तीभरिका घरघरमा पुर्याइएको छ। आयोजनामा २६ हजार ९५ मिटर पाइप लाइन, १५ वटा सङ्कलन ट्याङ्की र नौवटा वितरण ट्यांकी निर्माण गरिएको जनाइएको छ। खानेपानी आयोजना सम्पन्न भएर घरघरमा पानी आउन थालेपछि दैनिक जीवन सहज बनेको
Posted inSamachar
अन्नपूर्णका दुई सय ३८ परिवारलाई खानेपानीको पहुँच

