अपहरण तथा शरीर बन्धक कसुर मुद्दाका फरार प्रतिवादी अर्जुनचौपारी गाउँपालिका– ५ बस्ने ३८ वर्षीय ठाकुर विकलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ।उच्च अदालत पोखरा कास्कीको २०७० चैत १८ गतेको फैसलाले उक्त मुद्दामा २ वर्ष ९ महिना ५ दिन कैद र २५ हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले कास्की छोरेपाटनबाट पक्राउ गरेको हो।उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत स्याङ्जामा पेस गरिएको प्रहरीले जनाएको छ।
Posted inSamachar
‘अपहरण तथा शरीर बन्धक’ मुद्दाका दोषी पक्राउ

