अपहरण तथा शरीरबन्धक र जबरजस्ती करणी अभियोगमा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ।पहरीले मंगलबार घटनामा संलग्न रहेका बहुदरमाई नगरपालिका-२, सिसियारी निवासी ४० वर्षीय महमद र रौतहट निवासी २१ वर्षीय अफताब अन्सारीलाई वीरगञ्ज महानगरपालिका-१५, प्रतिमा चोकबाट पक्राउ गरेको हो।उनीहरूलाई अदालतको आदेशअनुसार ५ दिन म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।दुवै जना वीरगञ्ज महानगरपालिका-१३ स्थित राधेमाईमा रहेको नेक मोटरसाइकल वर्कशपसँग सम्बन्धित रहेको र घटनापछि फरार रहेका थिए।
Posted inSamachar
अपहरण र जबरजस्ती करणीको अभियोगमा २ जना पक्राउ

