नेपाली कांग्रेस नेता अफताब आलम अस्पताल भर्ना भएका छन्। उच्च अदालत वीरगञ्जले गत जेठमा ज्यान मुद्दामा सफाइ दिएपछि कारागारमुक्त भएका आलम काठमाडौँ मेडिकल कलेजमा भर्ना भएको सुरक्षा स्रोतले जानकारी दिएको छ। भेन्टिलेटरमा उपचार भइरहेका उनको स्वास्थ्य अवस्था गम्भीर छ। मुटुमा समस्या देखिएपछि मंगलबार आलमलाई अस्पताल भर्ना गरिएको थियो। गत जेठमा नक्खु कारागारबाट छुटे लगतै पनि उनलाई ब्रेन स्ट्रोक भएको थियो। त्यतिबेला माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार गराइएको थियो। २०६४ सालको निर्वाचन
Posted inSamachar
अफताब आलम केएमसीको भेन्टिलेटरमा, स्वास्थ्य अवस्था गम्भीर

