नेपालमा आज (शनिबार) देखि चक्रवात मोन्थाको असर अन्त्य भएको छ।जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार अब नेपालमा पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव मात्र छ।यसअघि बंगालको खाडीमा विकसित मोन्था चक्रवातको असरले नेपालमा गत बुधबारदेखि लगातार पानी परिरहेको थियो। आजदेखि भने यसको असर नरहेको मौसम महाशाखाले जनाएको छ। योसँगै वर्षा हुने क्रम घटे पनि पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणा
Posted inSamachar
अब नेपालमा छैन चक्रवात ‘मोन्था’को असर, रातिदेखि वर्षा-हिमपात ह्वात्तै घट्ने प्रक्षेपण

