अमेरिकाको लस एन्जलसस्थित सान्ता मोनिका बुलेभार्डमा एउटा कारले भिडमा ठक्कर दिँदा कम्तीमा २० जना गम्भीर घाइते भएका छन्।बीबीसीका अनुसार उक्त जानकारी लस एन्जलस अग्निसमन विभागले दिएको हो।यो दुर्घटना पूर्वी हलिउडमा भएको हो।घटनास्थलका तस्बिरमा फुटपाथमा खैरो कार, जमिनमा छरिएका भग्नावशेष र ठूलो संख्यामा प्रहरी उपस्थिति देखिएको छ।
Posted inSamachar
अमेरिकाको लज एन्जलसमा कारले भिडमा ठक्कर दिँदा २० जना गम्भीर घाइते

