अवैध रुपमा भारत हुँदै घरेलु कामदारको रुपमा तेस्रो मुलुक जान लागेका ४० नेपाली महिलालाई प्रहरीले भारतको राजधानी नयाँ दिल्लीबाट उद्धार गरेको छ। घरेलु कामदारका रूपमा कुवेत, साउदी अरब, ओमान, दुबई लगायतका खाडी मुलुकमा जान लागेका उनीहरुलाई दिल्लीबाट उद्धार गरेर काठमाडौँ ल्याइएको हो। रुपन्देहीको प्रमुख जिल्ला अधिकारी डा.टोकराज पाण्डेले उनीहरुलाई प्रहरीको मानव बेचविखन ब्युरोको जिम्मा लगाएर बिहीबार साँझ गाडीमार्फत काठमाडौँ पठाइएको जानकारी दिए। ‘दिल्लीबाट फिर्ता आएका उनीहरुलाई रुपन्देह
Posted inSamachar
अवैध ढंगले खाडी मुलुक जान लागेका ४० महिला दिल्लीबाट फिर्ता

