गत असोजमा ३० हजार ५४७ विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका छन्। दक्षिण एसियाली मुलुकका १० हजार १९ र अन्य देशका २० हजार ५२८ जना पर्यटकले यस क्षेत्रको भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले जनाएको छ। गत वर्ष असोजको तुलनामा यस वर्ष १८५ पर्यटक कम आएका आयोजना प्रमुख डा. रविन कडरियाले बताए। गत भदौमा भएको ‘जेन-जी’ प्रदर्शन र मौसमको अवरोधका कारण भारतीय पर्यटक आगमन घटेको उनको भनाइ छ। आर्थिक वर्ष २०८०-८१ मा २८ हजार ७०५ र आव २०८१-८२ को असोजमा ३० हजार ७३२ जना पर्यटक
Posted inSamachar
असोजमा मात्रै अन्नपूर्ण क्षेत्रमा पुगे ३० हजार पर्यटक

