बलिउड अभिनेता गोविन्दा बुधबार अस्पतालबाट डिस्चार्ज भएका छन्।अचानक स्वास्थ्य बिग्रिएपछि उनलाई गएराति १ बजे जुहुको क्रिटिकल केयर अस्पतालमा भर्ना गरिएको थियो।बुधबार अस्पतालबाट डिस्चार्ज भएपछि पत्रकारले सोध्दा उनले थकानलाई कारण बताए।गोविन्दाले भने, 'अत्यधिक कडा परिश्रमका कारण म थाकेको थिएँ। योग र प्राणायाम राम्रो हुन्छ, भारी व्यायाम अलि गाह्रो हुन्छ। म आफ्नो व्यक्तित्व सुधार गर्ने प्रयास गरिरहेको छु। मलाई लाग्छ योग र प्राणायाम गर्नु राम्रो हो।'
Posted inSamachar
अस्पतालबाट डिस्चार्ज भए गोविन्दा

