भायानेटले हालै इन्टरनेट र भायटिभी सेवामा आएको अवरोधका लागि ग्राहकहरूसँग माफी मागेको छ।भदौ २४ गते साँझ करिब ४:४५ बजे प्रदर्शनका क्रममा लागेको आगलागीले थापाथलीमा रहेको सेन्ट्रल बिजनेस पार्कको चौथो तलामा रहेको कम्पनीको प्रमुख डाटा सेन्टरमा क्षति पुर्याएको भायानेटले जनाएको छ। यद्यपि ब्याकअप डाटा सेन्टरहरू रहेको पनि भायानेटले जनाएको छ। यस्तो महत्वपूर्ण संरचना अचानक गुमाउँदा ती सबै ग्राहकको इन्टरनेट ट्राफिक सम्हाल्न पर्याप्त भएनन् र सेवा देशभर अवरुद्ध हुनपुगेको कम्पनीले उल्लेख गरेको छ।&lsquo
Posted inSamachar
आगलागीका कारण डाटा सेन्टर प्रभावित, सेवा अवरुद्ध भएकोमा भायानेटको क्षमा याचना

