मुलुककै प्रमुख प्रशासनिक निकाय सिंहदरबारमा जेन जी युवाहरूले आगजनी गरेका छन्। सिंहदरबारको प्रमुख गेटबाट छिरेर प्रदर्शनकारीले आगो लगाएका हुन्। सिंहदरबारभित्र विभिन्न मन्त्रालयलगायत अन्य प्रशासनिक क्षेत्रमा आगजनी गरेका छन्। प्रदर्शनलाई सुरक्षा निकायले नियन्त्रणमा लिन सकेन। प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा र सुरक्षा निकायले वार्ताका लागि अपिल गर्दा पनि आन्दोलन रोकिने छाँटकाँट छैन। प्रदर्शनकारीले संसद् भवन जलाइसकेका छन्। अन्य पार्टी कार्यालय र नेताहरूको घरहरूमा पनि आगजनी गरिरहे
Posted inSamachar
आगोको मुस्लोमा सिंहदरबार र संसद् भवन (ड्रोन तस्बिर)

