यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गोरुको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर गोरु तिहार पर्व मनाइँदैछ। वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई आज पूजाआजा गरी मीठा खानेकुरा खान दिने प्रचलन छ। गोरुलाई देवाधिदेव महादेवको वाहन अर्थात् साँढेका रुपमा पनि पूजा गर्ने परम्परा छ। यसैगरी वर्षभर गोरु जोत्ने हलि एवम् अन्य कृषि कर्म गर्ने किसानलाई पनि आज पूजा गरी मिष्ठान्न परिकार खुवाइन्छ। यसैले आजको दिनलाई हली तिहार पनि भनिन्छ।पछिल्लो समय प्रविधिको विकाससँगै खेतीको लागि किसानल
Posted inSamachar
आज गोरु, गोवर्द्धन र हली पूजा गरिँदै

