काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम हिजो (बिहीबार) को तुलनामा आज (शुक्रबार) घटेको छ।मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार आज बिहान ५:४५ बजेको मापनमा उपत्यकाको न्यूनतम तापक्रम १०.२ डिग्री सेल्सियसमा झरेको हो। हिजो १०.८ डिग्री सेल्सियस थियो।त्यसो त आजको आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे मापन गरिन्छ। त्यतिबेलासम्म यो तापक्रम थप घट्न सक्छ अथवा यही कायम रहन पनि सक्छ।अस्ति बुधबार उपत्यकाको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस थियो।
Posted inSamachar
आज तल झर्यो काठमाडौँको न्यूनतम तापक्रम

