आज पनि सुनको मूल्य बढेको छ। गएको बिहीबार र शुक्रबार लगातार बढेको सुनको मूल्य आज पनि बढेको हो।सुनको मूल्य आज तोलामा चार सय रुपैयाँ बढेर दुई लाख ३८ हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। गएको बिहीबार र शुक्रबार सुनको मूल्य तोलामा ६–६ सय रुपैयाँ बढेको थियो।आज चाँदीको मूल्य भने घटेको छ। तोलामा पाँच रुपैयाँ घटेर चाँदीको मूल्य आज तोलाको तीन हजार १५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
Posted inSamachar
आज पनि बढ्यो सुनको मूल्य

