आज साउने संक्रान्ति। सौरमान अनुसार सूर्य दक्षिणतिर सरेर ठीक कर्कटरेखामाथि पुग्ने हुनाले आजको दिनलाई कर्कट संक्रान्ति पनि भनिन्छ।नेपाली समाजमा साउने संक्रान्तिलाई विशेष पर्वको रुपमा मनाउने प्रचलन छ। ‘माघे संक्रान्तिले चाड धपाउँछ, साउने संक्रान्तिले चाड बोलाउँछ’ भन्ने उक्ति पनि नेपाली समाजमा प्रचलित छ।असार महिनाभर गरेको खेतीपातीको कामबाट थकित किसान परिवारले हिलोमैलो पखालेर आज घरपरिवार र आफन्तसँगै बसेर मिठोमसिनो खाने प्रचलन छ।असारमा रोपाइँ लगायतका काम गर्दा हिलोमाटोमा काम गर्नु पर्ने भए
Posted inSamachar
आज साउने संक्रान्ति, ‘लुतो फाल्ने’ दिन

