सुनको मूल्य आज पनि बढेको छ। सुनको मूल्य आज तोलामा एक हजार ६ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मूल्य बढेर सुन तोलाको दुईलाख १२ हजार रुपैयाँ पुगेको छ। यो नेपाली बजारमा हालसम्मकै सबैभन्दा उच्च मूल्य हो। हिजो सुनको मूल्य तोलामा दुई हजार पाँचसय रुपैयाँ बढेर दुईलाख १० हजार चारसय रुपैयाँ पुगेको थियो। गएको शुक्रबारदेखि बुधबारसम्म लगातार बढेर उच्च मूल्यको नयाँनयाँ कीर्तिमान बनाउँदै आएको सुनको मूल्य बिहीबार भने स्थिर थियो। त्यसयताका दुई दिनमा सुनको मूल्य तोलामा चार हजार
Posted inSamachar
आज सुनचाँदीकै मूल्य अहिलेसम्मकै महँगो

