संघीय संसद्का तीनवटा समितिको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको एक र राष्ट्रिय सभाको दुई समितिको बैठक बुधबार दिउँसो बस्न लागेको हो।राज्य व्यवस्था तथा सुशासन समितिको बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ। बैठकमा समितिका सभापतिको निर्वाचनको प्रक्रिया अगाडि बढाउने कार्यक्रम छ। समितिको सभापतिमा सांसद ईश्वरी न्यौपाने निर्विरोध निर्वाचित भइसकेकी छिन्।सभापति चयनका लागि प्रतिनिधि सभा सचिवालयले तोकेको समयभित्र न्यौपानेको एकल मनोनयन दर्ता भएको छ। प्रतिनिधि सभा नियमावलीको व्यवस्था अनुसार एकल मनोनयनसँग
Posted inSamachar
आज ३ वटा संसदीय समितिको बैठक

