नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संस्थापक अध्यक्ष रेशम चौधरीले पार्टी छोडेका छन्।आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लाइभ सन्देश जारी गर्दै उनले आफूले पार्टी छोडेको घोषणा गरेका हुन्। उनले नयाँ पार्टी पनि घोषणा गरेका छन्। नागरिक उन्मुक्ति पार्टी, नेपाल घोषणा गरेका हुन्।‘आजसम्म नागरिक उन्मुक्ति पार्टीको संरक्षक मानिदिनु भएकोमा सम्पूर्णलाई धन्यवाद,’ उनले भने, ‘आजदेखि भने म त्यो पार्टीबाट अलग भएको छु। नयाँ संगठन निर्माणमा आजैदेखि जुटेको छु।’ भिडिओ
Posted inSamachar
आफैँले गठन गरेको नाउपा रेशम चौधरीले छाडे, घोषणा गरे नयाँ पार्टी (भिडिओ)

