यहाँको धौलागिरी आयुर्वेद अस्पताल स्तरोन्नति पश्चात् भर्ना गरेरै बिरामीहरुको उपचार गर्न थालिएको छ। गण्डकी प्रदेश सरकारले गत वर्ष औषधालयलाई स्तरोन्नति गरी २५ शय्याको अस्पताल बनाएको थियो। अस्पताल प्रमुख डा शरद पन्थीका अनुसार अहिले अस्पतालमा आठ शय्या क्षमतामा बिरामी भर्ना भइरहेका छ। अस्पतालले पुरानै कार्यालयलाई व्यवस्थापन गरेर बिरामीको भर्नासहित उपचार गरिरहेको छ। अस्पताल स्तरवृद्धिका लागि प्रदेश सरकारले गत वर्ष रु एक करोड ३६ लाखमा पूर्वाधार निर्माणसँगै जनशक्ति व्यवस्थापन गरेको थियो। ग
Posted inSamachar
आयुर्वेद अस्पतालमा भर्नासहितको सुविधा

