नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले पूर्व केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा रौतहटका पूर्वजिल्ला सभापति मोहम्मद आफ्ताव आलमको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ। कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा शनिबार बसेको आकस्मिक बैठकले आलमप्रति श्रद्धाञ्जलि अर्पण गर्दै तीन दिने शोक मनाउने निर्णय गरेको हो।६३ वर्षीय आलमको गएराति काठमाडौँ मेडिकल कलेज, सिनामंगलमा उपचारका क्रममा आज निधन भएको थियो। केन्द्रीय कार्यसमितिले आलमको निधनले पार्टीले एक अनुभवी र समर्पित नेता गुमाएको जनाएको छ। बैठकले
Posted inSamachar
आलमको निधनप्रति कांग्रेस गहिरो दुःखमा, ३ दिने शोक कार्यक्रम घोषणा

