दायाँ र बायाँ अग्ला पहाड। अन्नपूर्ण र निलगिरि हिमालबाट पहाडलाई दायाँ बायाँ बनाएर बगेको मिस्त्री खोला । खोलाको जलप्रवाहले खिइएर बनेको कृत्रिम नालीजस्तै देखिने साँघुरो खोच। फेदीमा गोलो आकारको नीलो ताल।झट्ट हेर्दा ढुङ्गेधाराजस्तै देखिने म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ मा रहेको फुतफुते झरना मनमोहक र आकर्षक छ। अन्नपूर्ण हिमालको आधार शिविर जोड्ने ‘मौरिस हर्जोग’ पदमार्गको प्रवेश बिन्दुमै पर्ने फुतफुते झरनाको सौन्दर्यमा नरमाउने कमै हुन्छन्।कडा चट्टानलाई बीचमा पानीको बहावले काटेर झर्ने झरना
Posted inSamachar
आहा ! मनमोहक र आकर्षक फुतफुते झरना

