इंग्ल्यान्डको राष्ट्रिय टोलीबाट खेलिसकेका जोहन सिम्पसनले काठमान्डु गोर्खाजबाट नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने भएका छन्।काठमाडौँ स्पोर्टस डेभलपमेन्ट भेन्चर्स प्रालिको स्वामित्वमा रहेको काठमान्डु गोर्खाजले एनपीएल २ का लागि सिम्सनलाई अनुबन्ध गरेको हो।३७ वर्षे सिम्पसनले इंग्ल्यान्डबाट ३ एकदिवसीय अन्तराष्ट्रिय खेलिसकेका छन्।सन् २०२१ मा पाकिस्तानले गरेको बेलायत भ्रमणमा उनले यो सबै ३ खेल खेलेका थिए। लर्डसमा पाकिस्तानविरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रियमा सिम्पसनले १७ रन बनाउनाका साथै ५ क्य
Posted inSamachar
इंग्ल्यान्डका विकेटकिपर काठमान्डु गोर्खाजमा

