म्यानचेस्टर युनाइटेडलाई पराजित गर्दै आर्सनलले इङलिस प्रिमियर लिगमा विजय सुरुवात गरेको छ। आइतबार राति ओल्ड ट्राफोर्डमा भएको सिजनको पहिलो खेलमा आर्सनलले युनाइटेडलाई १–० गोल अन्तरले पराजित गरेको हो। आर्सनलको जितमा डिफेन्डर रिकार्डो कालाफियोरीले गरेको गोल नै निर्णायक बन्यो। पहिलो हाफको १३ औँ मिनेटमा गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए। त्यसपछि खेलमा थप गोल हुन नसक्दा युनाइटेडले सिजनमा खराब सुरुवात गरेको छ। सिजनको पहिलो जितसँगै आर्सनल ३ अंकमा छैटौँ स्थानमा
Posted inSamachar
इङलिस प्रिमियर लिगमा आर्सनलको विजय सुरुवात

