वर्तमान सरकार गठन र प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा आज बुधबार सर्वोच्च अदालतबा सुनुवाइ जारी छ। रिट निवेदकले बहस गरिरहँदा प्रधान्यायाधीश प्रकाशमान सिंह राउतले सांसदहरू रिट निवेदन लिएर नआएको विषयमा प्रश्न सोधेका छन्। 'कतिजना सांसद रिट लिएर आउनुभएको छ?' राउतले सोधे। रिट निवेदकले सरकार गठन र प्रतिनिधिसभा विघटन दुवै असंवैधानिक भनेर बहर गरेपछि राउतले यस्तो सोधेका हुन्। संसद् विघटनविरुद्ध अहिलेसम्म एकजना पनि तत्कालीन सांसदले रिट निवेदन दिएका छैनन्। अधिवक्ता विश्व ढुंगे
Posted inSamachar
इजलासमा रिट निवेदकलाई प्रधान्यायाधीशको प्रश्न: कति जना सांसद रिट लिएर आउनु भएको छ?

