ललितपुरका सन्तोष लामा (नाम परिवर्तन) इयरफोन लगाएर लामो समय गीत सुन्ने, फिल्म हेर्ने गर्थे। दिनको ५ घण्टासम्म लगातार इयरफोन लगाउने उनलाई एक दिन कान कम सुनेको जस्तो हुन थाल्यो। सुरुमा त इयरफोनको साउन्ड नमिलेको होला भनेर बेवास्ता गरे। पछि समस्या बढ्दै गयो। अरुले बोलेको राम्रोसँग बुझ्न सकेनन्। कानमा समस्या भयो कि भन्दै चिकित्सककहाँ पुगे। परीक्षणमा उनको कानको नसा सुक्दै गएको पत्ता लाग्यो। चिकित्सकले लामो समय इयरफोनको प्रयोगका कारण कानको नसामा समस्या देखिएको बताए। कान नसुन्ने समस्या बढ्दै गए
Posted inSamachar
इयरफोनले यसरी बिगार्छ कान (भिडिओ)

