२३ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सदस्यमा ईश्रा मुल्ला मियालाई मनोनित गरेको छ । रास्वपाका संस्थापक केन्द्रीय सदस्य मियाले हज कमिटीको अध्यक्ष हुनका लागि केन्द्रीय सदस्यबाट राजीनामा दिएका थिए । शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले मियालाई पुन: केन्द्रीय सदस्य बनाउने निर्णय गरेको हो ।
Posted inSamachar
इश्रा मुल्ला मिया रास्वपाको केन्द्रीय सदस्यमा मनोनित
