उज्यालो नेपाल पार्टीले ऊर्जामन्त्री कुलमान घिसिङकै उपस्थितिमा आगामी मंसिर १७ गते घोषणा सभा आयोजना हुने जनाएको छ। शुक्रबार पत्रकार सम्मेलन गरेर उक्त पार्टीले मंसिर १७ गते दिउँसो १ बजेदेखि ४ बजेसम्म प्रज्ञा भवनमामा घोषणा सभा आयोजना तय भएको बताइएको हो। सो अवसरमा उज्यालो नेपाल पार्टीको दीर्घकालीन दृष्टि, मूल ध्येय र विस्तृत घोषणापत्र २०८२, औपचारिक रूपमा सार्वजनिक गर्ने समेत जनाइएको छ। पार्टीको सैद्धान्तिक दृष्टिकोण, प्राथमिकता र कार्य योजनालाई स्पष्ट रूपमा सार्वजनिक गर्ने विज्ञप्तिमा उल्लेख छ।
Posted inSamachar
उज्यालो नेपालले भन्यो: कुलमानकै उपस्थितिमा मंसिर १७ गते पार्टी घोषणा सभा हुन्छ

