जेनजीको प्रदर्शनमा प्रहरीको चर्को दमन भएपछि सुरु भएको आगजनी र तोडफोडले काठमाडौँ उपत्यका निकै आक्रान्त भयो। सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएर सेना पनि ब्यारेक फर्किसकेको छ। र, विस्तारै काठमाडौँको जनजीवन सामान्य लयमा फर्किँदै छ। यही मेसोमा उपसभामुख इन्दिरा रानागमर आज सिंहदरबारस्थित उपसभामुख कार्यालय र भैँसेपाटीस्थित क्वार्टरमा पुगिन्। सिंहदरबारमा प्रधानमन्त्रीको कार्यालय र अधिकांश मन्त्रालय आगजनीको सिकार हुँदा संघीय संसद् सचिवालयमा रहेको उनको कार्यालय भने जोगिएको रहेछ।
Posted inSamachar
उपसभामुखको बिस्मात : फूल रोपेर क्वार्टर घरजस्तै बनाएकी थिएँ, सबै तहसनस पारेछन्

