कवि उमेश अकिञ्चनको नयाँ कवितासंग्रह ‘सायद किनाराहरू’ को लोकार्पण गरिएको छ। रक्षामन्त्री मानवीर राई, कविहरू श्रवण मुकारुङ, रमेश क्षिजित, विमला तुम्खेवा, अभिनेता जीवन लुईंटेल र समीक्षक राजकुमार बानियाँले शनिबार काठमाडौँमा कवितासंग्रह विमोचन गरेका हुन् । वक्ताहरूले कवि उमेशका कविता नेपाली कविता-फाँटमा नौलो विम्ब, भाव र शैलीका साथमा उपस्थित रहेको बताए। ‘कवि अकिञ्चनका कवितामा काव्यिक अनुभूति सघन भएर आएको छ,’ श्रवण मुकारुङले भने, ‘कविता कुनै धारणाभित्र मात्रै सिमित र
Posted inSamachar
उमेश अकिञ्चनको ‘सायद किनाराहरू’ सार्वजनिक

