आज ऋषिपञ्चमी पर्व धूमधामका साथ मनाइँदैछ। ऋषिपञ्चमीमा श्रद्धालुहरू शिव मन्दिरहरूमा भेला भई पूजा अर्चना गर्ने चलन छ। काठमाडौँको टेकुमा स्थानीय प्रशासनले पूजाआजा र सूरक्षाका लागि विशेष प्रबन्ध गरेको छ।भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषिपञ्चमीमा महिलाले नजिकैका नदी, खोला, तलाउ वा पोखरीमा गएर ३६५ दतिवनले दाँत माझ्ने, स्नान गर्ने गर्दछन्। यसरी स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नी, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ।तस्बिरमा हेर्नुहोस् काठमाडौँको टेकु क्षेत्र
Posted inSamachar
ऋषिपञ्चमी यसरी मनाइँदैछ (तस्बिरहरू)

