बागलुङको निसीखोला गाउँपालिकामा दुई हजार ४३८ घर बाढीपहिरोको जोखिममा परेका छन्। भिरालो स्थान, खोला नजिक र सडक छेउका घर जोखिममा परेसँगै १३ हजार ५९७ जना स्थानीय प्रभावित बनेका हुन्। सातवटा वडा रहेको निसीखोलामा सबैभन्दा बढी वडा नम्बर १ बाढीपहिरोको जोखिममा परेको छ। यस वडामा मात्रै नौ सय २० घर पहिरोको जोखिममा परेका छन् भने हुल्दी, लेबाङ किटेनी, स्वाँरालगायत बस्ती पहिरोको जोखिममा परेका गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्ती मगरले जानकारी दिए। विसं २०७४ यता गाउँमा धेरै पहिरो जाने गरेको स्थानीय
Posted inSamachar
एउटै पालिकाका २४३८ घर बाढीपहिरोको जोखिममा

