अर्घाखाँचीमा जिप दुर्घटना हुँदा दुईजना गम्भीर घाइते भएका छन्। पाणिनी गाउँपालिका ७ एक्लेभिरमा आज बिहान लु १ ज ४९१५ नम्बरको बलेरो जिप सडकबाट तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ। अर्घाखाँचीकै छत्रदेवबाट बुटवलतर्फ जाँदै गरेको जिप अन्यत्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कर्यालय अर्घाखाँची प्रमुख चक्र मल्लले जानकारी दिए। जिपमा चालकसहित तीन जना सवार थिए। जसमध्ये २ जना घाइते भएका र उनीहरुको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। गम्भीर घाइते दुवैको जिल्ला अस्पताल उपचार भइरहेको
Posted inSamachar
एक्लेभिरबाट जिप खस्दा २ जना गम्भीर घाइते

