नेपाल प्रिमियर लिगको पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाज भिड्ने भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार सार्वजनिक गरेको एनपीएलको खेल तालिका अनुसार पहिलो दिन एक खेल मात्र हुनेछ। सो खेल साँझ ४ बजे सुरु हुनेछ। दोस्रो दिन दुई खेल हुनेछ। एनपीएलको दोस्रो दिन चितवन राइनोज र कर्णाली याक्स भिड्नेछन्। सो खेल दिउँसो पौने १२ बजे सुरु हुनेछ। सोही दिन विराटनगर किंग्स र पोखरा एभेन्जर्स भिड्नेछन्। सो खेल साँझ ४ बजे सुरु हुनेछ।
Posted inSamachar
एनपीएलको पहिलो खेलमा जनकपुर र काठमाडौँ भिड्ने

