नेपाल प्रिमियर लिगको अक्सन सूचीमा १४ खेलाडी थप गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्बी लामाले यसअघि सार्वजनिक सूचीमा छुटेका १४ जना खेलाडी थप गरिएको बताए। ‘समेट्नै पर्ने केही खेलाडी सूचीमा छुटेछन्। अनि, फ्रेन्चाइज टोलीसँग सल्लाह गरेर १४ जना थप गरिएको छ। अक्सनमा १६४ खेलाडी हुन्छन्,’ प्रवक्ता लामाले भने। शनिबार ललितपुरको बालकुमारीस्थित रोयल ट्युलिपमा हुने मिनी अक्सनमा १६४ जना खेलाडीको नाम समावेश हुनेछ। त्यसमध्येबाट ८ वटा फ्रेन्चाइज टोलीले आफ्नो बजेट र आवश
Posted inSamachar
एनपीएल मिनी अक्सन भोलि : कुन खेलाडीमाथि लाग्ला सबैभन्दा धेरै बोली?

