दूरसञ्चार सेवा प्रदायक संस्था एनसेलले मंगलबारबाट सुरु गरेको निःशुल्क लोकल भ्वाइस, एसएमएस र इन्टरनेट सेवालाई भोलि (शुक्रबार)सम्मको लागि थप गरेको छ। एनसेलले हालको विषम परिस्थितिमा आम उपभोक्तालाई देश, विदेशमा रहेका आफन्तजनसँग सम्पर्क कायम राख्न सहजता प्रदान गर्ने उद्देश्यले निशुल्क सेवा अवधि थप गरिएको जनाएको हो।एनसेलको यो सुविधा अन्तर्गत ग्राहकहरुले अब एनसेल र एनटीसी दुर्व नेटवर्कमा बिना कुनै शुल्क लोकल भ्वाइस कल, इन्टरनेट र एसएमएस सेवा पाउने छन्।
Posted inSamachar
एनसेलको लोकल भ्वाइस कल, इन्टरनेट र एसएमएस सेवा शुक्रबारसम्म निःशुल्क

