उज्बेकिस्तानमा जारी एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरणको दोस्रो खेलमा एपीएफ फुटबल क्लबले आज थाइल्यान्डको कलेज अफ एसियन स्कलर्सविरुद्ध खेल्दै छ। खेल नेपाली समयअनुसार साँझ सवा ६ बजे सुरु हुनेछ। पहिलो खेलमा उज्बेकिस्तानको पीएफसी नसाफसँग ३–० ले पराजित एपीएफ आज पहिलो जित हासिल गर्ने प्रयासमा छ। थाइल्यान्डको टोलीले भने पहिलो खेलमा अल नसार क्लबलाई २–० ले हराउँदै जित हासिल गरिसकेको छ। समूह चरणमा अंकविहीन एपीएफ तालिकाको पुछारमा छ।थाइल्यान्डको क्लब
Posted inSamachar
एपीएफ फुटबल क्लब आज कलेज अफ एसियन स्कलर्सविरुद्ध भिड्दै

