वात्सल्य एभरेस्ट महिला भलिबल लिगमा मधेस युनाइटेडले पहिलो जित दर्ता गर्दा पोखरा निन्जाजले भने लगातार दोस्रो हार व्यहोरेको छ। शनिबार पोखरा रगंशालास्थित कभर्डहलमा भएको दिनको अन्तिम खेलमा मधेसले पोखरा निन्जाजलाई ३-० को सोझो सेटमा पाखा लगाएको हो। मधेसले पोखरामाथि २५-१९, २५-१९ र २५-२३ को सहज जित हात पारेको हो। दिनको दोस्रो खेलमा कर्णाली यशविसले लुम्बिनी लाभाजलाई ३-१ को सेटमा पाखा हराउँदै लिगमा लगातार दोस्रो जित दर्ता गरेको छ। प्रतिस्पर्धात्मक पहिलो सेट कर्णालीले लुम्बिनीलाई २३-२५ ले सुम
Posted inSamachar
एभरेस्ट महिला भलिबल लिग : मधेसले पहिलो जित दर्ता गर्दा पोखराको लगातार दोस्रो हार

