सत्तारुढ नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ। पार्टी विधानका विषयमा छलफल गर्न एमालेले बोलाएको केन्द्रीय कमिटी बैठक केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको हो। बैठकले आगामी विधान महाधिवेशनमा प्रस्तुत हुने विधानको मस्यौदा पारित गर्ने कार्यसूची छ। पार्टी स्थायी कमिटी सदस्य तथा प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार विधान मस्यौदा समितिका संयोजक पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सचिवालय र पोलिटव्यूरोले पास गरेको विधान केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गर्नेछन्।
Posted inSamachar
एमाले केन्द्रीय कमिटी बैठक (तस्बिरहरू)

