नेकपा (एमाले)को शुक्रबारदेखि जारी पोलिटब्युरो बैठकमा नेताहरुले धारणा राख्नेक्रम दोस्रो दिन पनि निरन्तर चलिरहेको छ। ललितपुरको च्यासलस्थित मुख्यालयमा बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावमाथि पोलिटब्युरो सदस्यहरुले आफ्नो धारणा राखिरहेका छन्। एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार अहिलेसम्म ३२ जनाले धारणा राखिसकेका छन्। ९९ सदस्यीय पोलिटब्युरो रहेकोमा १९ जना पदाधिकारीले सचिवालय बैठमा धारणा राखेका थिए। त्यस्तै शुक्रबार ७ जनाले बोलेका थिए।
Posted inSamachar
एमाले पोलिटब्युरो बैठक : विधान संशोधन प्रस्तावमाथि ३२ जनाले राखे धाराण

