नेकपा एमालेको दोस्रो विधान महाधिवेशनमा सहभागी हुन जाँदै गरेका कोसी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राम राना सवार गाडीले बालकलाई ठक्कर दिएपछि गोदावरी जाने मुख्य सडक अवरुद्ध भएको छ।आज बिहान हरिसिद्दी उकालोमा उनी सवार गाडीले स्थानीय एक बालकलाई ठक्कर दिएको हो।दुर्घटनापछि स्थानीयले सडक बन्द गराएका हुन्। सडक खुलाउने प्रयास भइरहेको ट्राफिक प्रहरीले जनाएको छ।
Posted inSamachar
एमाले विधान महाधिवेशन जाँदै गरेका प्रदेशमन्त्रीको गाडीले बालकलाई ठक्कर दियो, गोदावरी जाने सडक अवरुद्ध

