एसिया रग्वी इमिरेट्स यू–२० सेभेन्स च्याम्पियनसिप २०२५ मा सहभागी हुने १३ सदस्यीय महिला टोलीको घोषणा भएको छ। नेपाल रग्वी संघले आइतबार १३ सदस्यीय युवा टोलीको घोषणा गरेको हो। महिला टोलीलाई सावित्री पुर्जा मगरले प्रशिक्षण गराइरहेकी छिन्। टोलीको बन्द प्रशिक्षण सर्लाहीस्थित राधाकृष्ण खेल मैदानमा भइरहेको संघले जनाएको छ। च्याम्पियनसिप भारतको विहारस्थित राजगीर रगंशालामा साउन २७ गतेदेखि २७ गतेसम्म हुनेछ। प्रतियोगितामा एसियाका ११ देशमा ८ महिला र ८ पुरुष टोलीले सहभागिता जनाउने संघले बताएको छ।
Posted inSamachar
एसिया रग्वी च्याम्पियनसिपमा सहभागी हुने महिला टोलीको घोषणा

