ओखलढुंगाका आठ स्थानीय तहका चार हजारभन्दा बढी घर मनसुनजन्य विपद्को उच्च जोखिममा रहेको अनुमान गरिएको छ । आठ स्थानीय तहका ३५ बस्तीका चार हजार ४७ घर बाढीपहिरोको जोखिममा रहेका हुन्।जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी अनुप पौडेलका अनुसार विपद पूर्वतयारी तथा प्रतिकार्य योजना–२०८१ का अनुसार जिल्लामा तीन हजार ९०४ घर पहिरो र १४३ घर बाढीजन्य विपद्को जोखिममा छन्। स्थानीय तहहरुले जिल्ला विपद् व्यवस्थापन समितिलाई उपलब्ध गराएको विवरणानुसार १२ हजार ३८४ मानिस उच्च जोखिममा छन् । सबैभन्दा बढी जिल्ला
Posted inSamachar
ओखलढुंगाका ४ हजार घर पहिरोको जोखिममा

