भारतमा अध्यापकलाई यौन उत्पीडनको आरोप लगाउँदै आत्मदाह प्रयास गरेकी छात्राको मृत्यु भएको छ। भारतीय राज्य ओडिसाको बालासोरस्थित फकिर मोहन क्याम्पसकी बीएड दोस्रो वर्षकी २० वर्षीया छात्राले एचओडी (विभाग प्रमुख) समीर कुमार साहुले लामो समयदेखि यौन शोषण गरेको तर उजुरी दिँदा पनि क्याम्पस प्रशासनले सुनुवाइ नगरेको भन्दै गत शनिबार (असार २८) दिउँसो क्याम्पसमै जिउमा मट्टितेल खन्याएर आगो लगाएकी थिइन्। गम्भीर घाइते भएकी उनको उपचारका क्रममा सोमबार भुवनेश्वरस्थित एम्स अस्पतालमा मृत्यु भएको भारत
Posted inSamachar
ओडिसा: यौन शोषणको पीडाले आत्मदाह प्रयास गरेकी छात्राको मृत्यु, प्राचार्य पनि पक्राउ

